अनुगमन टोली र तरकारी व्यवसायी बीच झगडा

रिपोर्ट नेपाल | 2018 Aug 20 | 02:27 pm 2080

काठमाडौं,भदौ ४: बिचौलियाको बिगबिगीले तरकारीको भाउ आकाशिय पछि अनुगमनमा निस्केको अनुगमन टोली र कालिमाटीका तरकारी व्यवसायी बीच झगडा भएको छ ।

बजारमा तरकारीको भाउ आकाशियको जनगुनासो बढेपछि सरकारले सम्बन्धीत निकायलाई अनुगमन गर्नका लागि निर्देशन दिएको थियो । केहि दिन देखि बिचौलियाले किसानसँग सस्तो तरकारी खरिद गरी उपभोक्तालाई अत्यधिक महंगो बिक्रि गर्दै आएका छन् ।

सोमबार अनुगमनका लागि निस्केका टोली कालिमाटी पुग्दा तरकारी व्यवसायीहरुले विरोध जनाएका थिए । अहिले कालिमाटीमा व्यवसायीहरु अनुगमन टोलीको विरोध गर्दै आन्दोलित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.