एक दिन बढेको नेप्से पूनः ‍ओरालाे तर्फ

रिपोर्ट नेपाल | 2023 Aug 01 | 03:55 pm 1261

काठमाडाैं, साउन १६ । नेप्से निरन्तर ओरालाे लागे पछि  शेयर लगानीकर्ताहरु निराश भएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि निरन्तर ओरालो लागेको नेप्से साेमबार सामान्य अंकले बढे पनि आज मंगलबार पुनः घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक २८.५९ अंक घटेर २०७७.५८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५१ अंक घटेको छ। आज बजारमा २६२ स्टकको कारोबारमा १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको ६० लाख १५ हजार ६७ कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कुनै पनि स्टकको सर्किट लेभलमा काराेबार हुन सकेन । १७ स्टकको मुल्य बढेता पनि  ती स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.६० प्रतिशत बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.