आज नयाँ प्रधानन्यायाधीशकाे नाम सिफारिस हुने

| 2023 Aug 01 | 12:11 pm 2525

काठमाडौं, साउन १६  । प्रधानन्यायाधीश हरीकृष्ण कार्की उमेर हदका कारण आगामी साउन २० गते अनिवार्य अवकाश हुदैछन्।

नियमानुसार १ महिना अघि विदा बस्नुपर्ने नियमलाई बेवास्ता गर्दै कार्कीले बेन्च नहेरे पनि प्रशासनिक कार्य गर्दै आएका छन। सर्वोच्च अदालत देखि उच्च अदालत हुदै जिल्ला अदालतमा समेत न्यायाधीश रिक्त रहेकोप्रति आँखा लगाउदै आएकोे कारण उनी विदा नबसेको बताइन्छ ।

कानुनमन्त्री धनराज गुरूङले प्रधानन्यायाधीश कार्कीको रूचि बुझेका कारण न्याय परिषदको बैठक राख्न मानेका छैनन।१ महिना अगाडि विदा बस्नुपर्ने र त्यहीँ बेला नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषदको बैठक बस्नुपर्ने कुरा टरे पनि अन्तत आज साँझ बस्ने बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.