खाली पेट मनतातो पानी पिउनुको यस्ता छन् फाइदा

रिपोर्ट नेपाल | 2023 Jul 31 | 11:16 am 4381

हामी सबैले प्रायः विहान पानी पिउने गरेका छौं । विहान खाली पेटमा पिउने पानीले हाम्रो स्वास्थ्य र शरीरलाई के कति फाइदा पुग्छ भन्ने विषयमा भने धेरै मानिसहरु जानकार नहुन सक्छन् । खाली पेटमा विहान मनतातो पानी पिउदा हुने फाइदा बारे पाठकलाई जानकारी दिने कोशिस गरेका छौ ।

एउटा पानी सेवनले कति कुराको फाइदा हुने रहेछ भन्ने विषयमा जान्न जरुरी छ । विहान उठ्नासाथ मनतातो पानी पिउनाले टाउको दुखाई छ भने राहत दिन्छ छैन भने दुख्नबाट रोक्छ । त्यतिमात्रै होइन ब्याक्टेरियालाई नष्ट गर्नुका साथै स्वासको दुर्घन्ध हटाउन र कब्जीयत हुने समस्यालाई पनि मनतातो पानीले निर्मुल पार्छ । पेटको सफाईमा मनतातो पानी अत्यन्तै लाभदायी हुन्छ । पेट सफा छैन र दिशा राम्रो सँग खुलेको छैन भने त्यस्ता मान्छे कसैसँग बोल्दा झर्किने र रिसाउने हुन्छन । त्यसबाट छुटकारा पाउनका लागि मनतातो पानी अमृत सरह हुन्छ ।

मनतातो पानीले रक्तसञ्चार सन्तुलन राख्न मद्दत गर्नुको साथै हाडजोर्नीको दुखाईलाई कमगर्दै हड्डी बलियो बनाउने काम गर्छ । भोक नलाग्ने समस्या भएकाहरुले विहान खाली पेटमा दुई गिलास मनतातो पानीमा मरीचको धुलो थोरै नुन र कागतीको रस मिसाएर पिउनाले भोक जगाउने काम गर्छ । रुघा लागेको समयमा शरीरले अत्यधिक पानी खोज्ने भएकोले प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्छ । यसले रुघालाई ठिक गर्दै शरीरको पानीको मात्रा कम गर्छ । छाला चाउरीपन भएकाहरुलाई त पानी रामवाण भन्दा फरक पर्दैन । प्रशस्त पानी पिउनेको अनुहार रातो पिरो र चमकदार हुन्छ । मानिसको अनुहार हेरेर पनि उसले कति पानी पिउछ भन्ने थाहा हुन्छ ।

पानी प्रशस्त नपिउनेको छाला सुख्खा हुने र अनुहारमा चाउरीपन देखिने हुन्छ । मनतातो पानी नियमित पिउनाले शरीरमा भएको अनावश्यक बोसोलाई पगाल्दै पिसाबको माध्यमबाट फाल्न मद्दत पुग्छ । पानीले रोग क मगर्ने मात्र होइनकी रोग लाग्नै नदिने भएकोले सबैले प्रयाप्त पानी पिउन आवश्यक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.