गीत
रित्तो यो मुटुमा राख्न
लाउँदै छु तिमीलाई नजर
फेरी पीडा बल्झाउने
सोचेर गर्दै छु रहर
रित्तो यो मुटुमा…..
कैले मदनले बाटो बिरायो
कैले मुनाले बाटो बिर्सिन
यसरी नै गन्तव्य हरायो
हाम्रो माया व्यर्थै बिलायो
रित्तो यो मुटुमा…..
हामी भेटे पनि के भो र
त्यही दुरी त्यही फरक
न कैले मेरो कदम बढ्यो
न् कैले तिमी अघि सर्यो
रित्तो यो मुटुमा…..