भ्रष्टाचारमा संलग्न जाे काेहीलाई नछाड्ने गृहमन्त्रीकाे गर्जन

रिपोर्ट नेपाल | 2023 Jul 25 | 03:02 pm 2709

गोरखा, साउन ९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरुद्धको अभियान अझ तिब्रताका साथ चलाउँदै कुनै किसिमका अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् ।

गृह जिल्ला गोरखा पुगेका गृहमन्त्री श्रेष्ठले उक्त कुरा प्रेस सेन्टर नेपाल गोरखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । । अपराध भनेको सानो ठूलो जे भए पनि कानून विरोधी भएकोले आग्रह पूर्वाग्रह विना दोषीलाई सजाय दिलाउने जनाएका छन् । ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सय किलो सुन तस्करीको सम्बन्धमा प्रहरीले गम्भिर किसिमले अनुसन्धान गरिरहेको र यसमा संलग्न जो कोहीलाई नछाड्ने पनि मन्त्री श्रेष्ठले बताए ।

पत्रकारको एक जिज्ञासाको उत्तर दिंदै मन्त्री श्रेष्ठले आम जनताको जीवनस्तरमा परिवर्तन हुने गरी समृद्धिको आधार तयार पार्न सरकार प्रतिबद्ध भएर लागेको बताए । उनले पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको पनि बताएका थिए ।

विकास र समृद्धिका सवालमा समेत सरकारले समीक्षा गरिरहेको बताउँदै अर्थतन्त्रका सवालमा केही समस्या थिए, त्यसलाई समाधान गर्दै अर्थतन्त्रलाई पनि चलायमान बनाउने काम भइरहेको पनि मन्त्री श्रेष्ठको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.