भारत लैजादै गरेको चरेशसहित एकजना पक्राउ

रिपोर्ट नेपाल | 2023 Jul 24 | 05:30 pm 2269

पर्सा, साउन ८ ।  जिल्लाको पकाहाँमैनपुर गाउँपालिका ५ सबैठवा स्थित सीमा ईलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले करीव ५ के.जी. ७ सय ग्राम चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाकै कालिकामाई गाउँपालिका १ मुडुली बस्ने ४४ वर्षिय प्रेम पासवानलाई नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो ।

ना ३० प ४४४३ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका पासवानले शरिरको विभिन्न भागहरुमा लुकाई छिपाई राखेको अवस्थामा चरेश फेला पारेको हो । नियन्त्रणमा लिईएका उनलाई बरामद चरेश तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.