पर्सा, साउन ८ । १९ राउण्ड गोलीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई विरगंजको प्रभु अस्पतालन जिकैबाट पक्राउ गरेको छ। भारतको बिहार पश्चिम चम्पारणका २२ वर्षीय मुरारी कुमार लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका–८ भानुचोकमा मुरारीलाई चेकजाँच गर्ने क्रममा भागे पछि प्रभु अस्पताल नजिक पुगेर पक्राउ गरिएको हो ।
मुरारीको झोलाबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोली बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।