गायक प्रकाश सपुतकाे दमाई महाराज सार्वजनिक

रिपोर्ट नेपाल | 2023 Jul 22 | 05:21 pm 10705

काठमाडौँ, साउन ६ । नेपाली गायन क्षेत्रमा सर्वाधिक रुचाइएका सतिसालका रुपमा परिचित गायक प्रकाश सपुतको चेतना मूलक नयाँ गीत दमाई महाराज सार्वजनिक भएको छ। सपुतका प्राय गितमा साथ दिंदै आएकी गायीका शान्तिश्री परियारले यो गितमा पनि साथ दिएकी छन्।

सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेको उक्त गित यो समाचार तयार पार्दा सम्म १३ लाख ७८ हजार ९ सय ९१ जनाले हेरिरहेका छन् । गित अहिले १ नं. ट्रेन्डिङमा रहेकाे छ ।

गितले समाजमा रहेको जातीय विभेद र छुवाछुत प्रथालाई जरैबाट निमिट्यान्न गर्नु पर्ने आभास दिलाएको छ । गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय रहेको छ ।

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको भिडियो प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडियोमा प्रकाश सपुत स्वयंले निर्देशन गरेका हुन् ।
गायक सपुतका यस अघि सांगितीक बजारमा बोलमाया, गलबन्दी, पिर सकम्बरी लगायतका करिव १ दर्जन गितले श्रोताको मन जित्न सफल भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.