केही वरिष्ठ सई इन्स्पेक्टर बन्दै

रिपोर्ट नेपाल | 2023 Jul 21 | 05:30 pm 265721

काठमाडौं, साउन ५ । झण्डै डेढ दशक देखि प्रहरी नायव निरीक्षकबाट खड्क खुकुरी क्रस दज्र्यानी चिन्ह लगाउनबाट वंचित भएका नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षकलाई निरीक्षकमा बढुवा गर्ने तयारी भएको बुझिएको छ ।

रिपोर्ट नेपाललाई एक स्रोतले दिएको जानकारी अनुसार सम्भवतः आज शुक्रबार साँझसम्म बढुवा सिफारिसको सूचि सार्वजनिक हुने भएको छ ।

यसै गरी प्रहरी सहायक निरीक्षकबाट नायव निरीक्षकका लागि पनि तिव्र गतिले गृहकार्य भइरहेको बुझिएको छ । बढुवा हुने संख्या न्यून भएका कारण कैयौं प्रहरी सहायक निरीक्षक बढुवाका लागि शक्ति केन्द्रमा दौडधुप गरिरहेको समाचार प्राप्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.