सानिमा बैंकको ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट अनलाइनबाटै

रिपोर्ट नेपाल | 2023 Jul 21 | 04:46 pm 2369

काठमाडौं,  साउन ५ । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ ।

सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेट बैंकद्वारानै जारी गरीएको हो वा नक्कली हो भन्ने जान्नका लागि क्यूआर स्क्यान गरेर चेकजाँच गर्न सकिने पनि बैकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाटै आधिकारीक हो वा होइन भन्ने पनि जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ । यी सुविधाहरुले ग्राहकहरुलाई सुरक्षित राख्न सक्ने वैंकको विश्वास छ ।

सानीमा बैंकले सात प्रदेशमा १३२ कार्यालयहरु र १२२ एटिएम संजालबाट आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.