गुल्मी प्रेस युनियन‌को नेतृत्वमा रेशम कुँवर

| 2023 Jul 21 | 11:09 am 3277

गुल्मी, साउन ५ । लोकतन्त्रवादी पत्रकारको छाता संगठन नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशनले रेशम कुँवरको नेतृत्वमा १९ सदस्य कार्य समिति सर्वसम्मतबाट चयन भएको छ ।

सदरमुकाम तमघास‌मा भएको अधिवेशनको उद्‌घाटन केन्द्रीय अध्यक्ष शिव लम्साल‌ले गरेका थिए। सर्वसम्मत अध्यक्षमा निर्वाचित अध्यक्ष रेशम कुँवर आठौं जिल्ला अधिवेशनबाट पनि निर्वाचित भएका थिए। कुँवरको यो दोस्रो कार्यकाल हो ।

अध्यक्षका आकाक्षी तिनजना भएपछि केन्द्रीय उपाध्यक्ष माधव अर्याल, अधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, नेपाल पत्रकार महासंघ गुल्मी शाखाका संस्थापक सभापति हरी कुमार श्रेष्ठ, पूर्व अध्यक्ष जनार्दन घिमिरे र तारा भुसाल सहितको कार्यदल बनाइएको थियो। आकांक्षी सबैको स्विकृतीमा गठन भएको कार्यदलले लामो छलफल पश्चात १९ सदस्य जिल्ला शाखाको घोषणा गरेको थियो।

नवगठित शाखाको उपस‌भापतिमा रमेश विश्वकर्मा (खुला) दिपक नेपाली (समावेशी) सचिव सुमन महतरा, कोषाध्यक्ष नविन कार्की, सहसचिव चन्द्रकला राना (महिला) सत्तोष महतरा सदस्यमा भुवन भुसाल, सागर भण्डारी, मनु सुनार, अनिल खत्री रहेका छन् । त्यसैगरी शाखाको अन्य सदस्यमा अनिष पन्थी, पुजा विश्वकर्मा, सुरज कार्की, भुवन काफ्ले, गंगु कुँवर मगर, दधिराम भुसाल, माधव खरेल, दिपा पन्थ रहेको कुरा केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले जनाएका छन

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.