एक थान एसएमजी र ३४ राउण्ड गोली सहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 19 | 03:42 pm 2549

नेपालगञ्ज, भदौ ३ : नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित जमुना चेकपोष्टबाट एयर गन र सोही हतियारको ३४ राउण्ड गोली दुई पक्राउ परेका छन् । जमुना चेकपोष्टमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने जाजरकोटको भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय अमृत विक र सोही ठाउँ बस्ने १६ वर्षीय दिपक विक पक्राउ परेका हुन् ।

अमृत साथमा एसएमजी जस्तो देखिने १ थान एयर गन र सोही हतियारको ३४ राउण्ड गोली र दिपक विकको साथमा फलामको चेन फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.