काठमाडौँ, भदौ ३: दुई धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्जले रोक लगाएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर नं १७) र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५) को कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो ।
बोर्डको नियमअनुसार ०६ प्रतिशत नियामक शुल्क भुक्तानी गर्नुपर्नेमा सो नबुझाएको पाइएको छ । नेपाल धितोपत्र व्यवसायी नियमावाली २०६४ को नियम ३२ अनुसारको दस्तुर बुझाउन अटेर गरेका कारण कारोबारमा रोक लगाइएको स्टकले जनाएको छ ।