अमेरिकाबाट अवैधरुपमा आयात गरिएकाे गाँजा सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2023 Jul 18 | 08:10 pm 1541

काठमाडाै‌ं, साउन २ । नाबालिकालाई प्रयोग गरी लागुऔषध कारोवार गर्ने एक जना व्यक्तिलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्‍वरले पक्राउ गरेकाे छ ।

गत असार ३१ गते काठमाडाैं महानगरपालिका वडा ९ त्रिभुवन बिमानस्थल कार्गो कम्प्लेक्सबाट अमेरिकाको क्यालिफाेर्नीयाबाट आयात गरिएको अबैध लागु औषध गाँजा २ के.जी. सहित १ जना मानिस पक्राउ गरीअनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।

लागुऔषध काराेवारीले १६ वर्षकी कक्षा १२ काे परीक्षा दिएर रिसेप्सनिष्टको काम गरिरहेकी नावालिकालाई धेरै पैसा कमाउने प्रलाेभन देखाई  विदेशबाट आएकाे सामान लिन एयरपाेर्ट पठाउँदा सामान लिने क्रममा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएकाे प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए ।

कपडा भनी सामान लिने क्रममा अमेरिकाको क्लालिफाेर्नीयाबाट आएको अबैध लागु औषध गांजा २ के.जी. रहेको थियाे । वालिकालाई गरिएकाे प्रारम्भिक अनुसन्धान पश्‍चात् उनलाई परिचालन गर्ने पर्सा धोबीनी गा.पा. वडा नं. ५ बस्ने बर्ष २७ को फैज उल्लाह साह पनि पक्राउ परेकाे र  उक्त बिषयमा  लागुऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भई रहेको पनि प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.