सशस्त्रले लियो तीन ट्रक नियन्त्रणमा

| 2023 Jul 16 | 11:45 am 1953

पर्सा,असार ३१।  बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बिराटनगर महानगरपालिका चण्डाल चोकबाट सशस्त्र प्रहरीले करीव १ करोड ३६ लाख ९७ हजार बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले  बिरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६, ना. ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिल बिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान देखिएपछि नियन्त्रणमा लिएको सशस्त्रले जनाएको छ।

नियन्त्रणमा लिइएका ट्रकहरुमा किसमिस, भटमास, पिल्लो, नेटकटन लगायतका सामानहरु रहेका छन् ।

नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको पनि सशस्त्र ले जनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.