१५ केजी चरेशसहित दुइजना पक्राउ

| 2023 Jul 12 | 02:16 pm 1521

पर्सा, असार २७ । वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाईकलसहित दुई जना व्यक्तिलाई  सशस्त्र प्रहरीले पक्राउ गरेकाे  छ ।
जिल्लाको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ बर्षिय सत्य नारायण माझी र ४० बर्षिय प्रलाद माझीलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको ट्याङकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चरेश र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएकाे  सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.