सर्लाही, असार २२ । सर्लाही हरिवन नगरपालिका ५ घुर्कौलीका ३५ वर्षीय राम भरोश महतो भन्ने अर्जुन महतोले सामान्य घरायसी झगडाको विषयलाई लिएर आफ्नै २८ वर्षीय श्रीमती नैन कुमारी महतोलाई घाँटिमा खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी दिपेन्द्र पंजियार थारुले जनाएका छन् ।