घोराही सिमेन्टको आइपिओ पुनः खुला हुने

| 2023 Jul 05 | 05:32 pm 2017

काठमाडाैं, असार २० । घोराही सिमेन्टको प्राथमिक निष्कासनमा केही व्यक्तिहरुले खातामा पैसा नहुँदा पनि ठूलो कित्ता शेयर खरिदका लागि निवेदन दिएको र विक्री प्रबन्धकले स्वीकृत गरेको भनी उजुरी परेपछि रोकिएको सार्वजनिक निष्कासन कारबाही फुकुवा भएको छ। धितोपत्र बोर्डले आज बुधवार प्रेस विज्ञप्ति मार्फत उसको निष्कासन फुकुवा गरेको हो।

गत असार ४ गते देखि बोर्डले निस्कासनमा कैफियत देखिएको भन्दै सम्पूर्ण प्रकृया स्थगीत गराएको थियो। बोर्डले विविध विषयमा जाँचबुझ गरी समितिको प्रतिवेदन प्राप्त भए पछि उसले उक्त निष्कासन फुकुवा गरेको जनाएको छ।

बोर्डले कसैले शेयर भरीसकेको भए पनि निवेदन दिन इच्छुक नभएमा त्यसलाई रद्द गर्ने समय पनि दिने भएको छ। त्यसका लागि बिक्री प्रबन्धकले सूचना जारी गर्नु पर्ने बताएको छ। उक्त कार्य गर्नका लागि बोर्डले तीन दिनको समय दिएको छ। तीन दिन पर्याप्त नभएमा कम्पनीको निष्कासन थप सात दिन गर्न सकिने विज्ञप्तिमा भनिएको छ। “धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम १० को उपनियम ९२० मा उपनियम ९१० बमोजिमको अवधिभित्र निष्कासन गरिएको सबै धितोपत्र विक्री नभएमा सङ्गठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा थप गरिएको तीन दिनको समयावधि भित्र माग गरिएको सम्पूर्ण धितोपत्र विक्री नभएमा मिति २०८०÷०२÷३२ देखि २०८०÷०३÷०४ सम्म ५ दिन निष्कासन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनको लागि थप गरिएको ३ दिनको समय पश्चात् बढीमा थप ७ दिन निष्कासन खुला राख्न सकिने व्यवस्था गर्ने” विज्ञप्तिमा भनिएको छ।
बोर्डको विज्ञप्तीः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.