पेस्तोल र ३ थान गोलीको खोकासहित एक जना पक्राउ

| 2023 Jul 05 | 01:03 pm 2245

महोत्तरी, असार २० । रामगोपालपुर नगरपालिका-१ लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डललाई पेस्तोल १ थान र गोलीको खोका ३ थानसहित  प्रहरीले पक्राउ गरेको छ ।

बसबिट्टी बजारमा कौशलले पेस्तोलबाट गोली प्रहार गर्दा ४४ वर्षीय श्रवण यादव घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो । घाइते यादवको जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.