४ वर्षीया बालिका करणी गर्दै गरेको अवस्थामा ६५ वर्षीय वृद्ध पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 18 | 06:39 pm 4543

नवलपरासी, भदौ २ : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ मा बालिका करणी गरिरहेको अवस्थामा एकजना रंगेहात पक्राउ परेका छन्।

स्थानीय ४ वर्षीया बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाको आमाले देखेपछि ६५ वर्षीय दरोगा थारुलाई स्थानीयले पक्राउ गरी प्रहरीसमक्ष बुझाएका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको र बालिकालाई मेडिकल परीक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। घटनाबारे अनुसन्धान पूरा भएपछि मुद्दा अभियोजन गरिने प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.