काठमाडाैं, असार १७ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट चरणका खेल अन्तर्गत सातौं स्थानकाे प्लेअफका लागि आज नेपाल र युएई प्रतिस्पर्धा गर्दै छन्। नेपाल र युएईबीच जिम्वाबेकाे हरारेमा नेपाली समय १२ः४५ बजे देखि खेल शुरू हुने छ ।
आज जित्ने टिमले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्नु पर्नेछ भने पराजित हुने टिमले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ। युएईसँग भएका पछिल्ला ४ खेलमा भने नेपालले लगातार जित निकाल्न सफल भएकाे छ ।
समूह ‘ए’ मा रहेकाे नेपाल चौथौ स्थानमा सीमित रहदा सुपरसिक्समा पुग्न असफल भयाे साथै विश्वकप सपना पुरा हुन सकेन् । नेपालसँग प्रतिस्पर्धा गर्न लागेको यूएई समूह ‘बी’ मा पाँचौ भएको थियो।
Photo : Cricket Association of Nepal- Can