ललिता निवास प्रकरणमा पक्राउ परेकालाई लगियो सरकारी वकिलको कार्यालय

रिपोर्ट नेपाल | 2023 Jun 28 | 04:15 pm 1921

काठमाडौँ, असार १३ । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपिहरूलाई अनुसन्धान गर्नका  लागि म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएकाे छ ।

बुधबार  प्रहरीले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगेको हो । भाटभटेनी संचालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको हो ।

सीआईबीले मंगलबार  ७ जनालाइ पक्राउ गरकाे थियाे जसमध्ये ३ जनालाइ बाहिरै राखेर अनुसन्धान गर्ने भनी रिहा गरेकाे छ । उनीहरूलाइ ललिता निवासकाे जग्गा व्यक्तिकाे नाममा गर्न सरकारी कागजात किर्ते गरेकाे आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.