४४ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2023 Jun 28 | 03:42 pm 2329

काठमाडाैं, असार १३ । सामुहिक बलात्कार गरी घाँटी रेटी हत्या गरेकाे  मुद्धामा ४४ वर्ष कैद सजाय पाएका व्यक्तीलाइ केन्द्रीय अनुसन्धान व्यूराे (सिआइवी) ले पक्राउ गरेकाे छ ।

मकवानपुर, छतिवनकी ठुलीकान्छी बललाई गणेश घ्यावा, चेत बहादुर भोलन, सुर्य थोकर भन्ने सुर्य बहादुर थोकर समेतका व्यक्तिहरुले उनको घरमा गई सामुहीक बलत्कार गरी धारिलो हतियारले घाँटि रेटी हत्या गरेका थिए ।

मकवानपुर जिल्ला अदालतले ४४ बर्ष कैद सजायकाे फैसला गरिसकेकाे र  घटनाको सुरुवात देखि नै फरार रहेका सुर्य थोकर भन्ने सुर्य बहादुर थोकरलाई उदयपुर त्रियुगा नगरपालिका वडा नं. १२ स्थित गाईघाट बाट पक्राउ गरी  थप कानूनी कारवाहीको लागि मकवानपुर जिल्ला अदालत पेश गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीद्वारा जारी विज्ञप्तीमा जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.