श्रीमतीको हत्या गर्ने एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 18 | 12:26 pm 3476

लहान, भदौ २: श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएको सूचनापश्चात् खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले परमेश्वरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिनका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.