यो गठबन्धनलाई कसैले ताेड्न सक्दैन् : प्रधानमन्त्री प्रचण्ड

रिपोर्ट नेपाल | 2023 Jun 26 | 05:53 pm 2065

काठमाडौं, असार ११ । वर्तमान गठबन्धन टुटेर नयाँ सरकार बन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज धादिङ पुगेर याे  गठबन्धन पाँच वर्ष  नै टिक्ने उद्घाेष गरेका छन् । उक्त कुरा प्रधानमन्त्री प्रचण्डले  धादिङको गजुरीमा रहेकाे आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने क्रममा बताएका हुन् ।

‘अहिले एकथरी मिडियाले  सरकारको आयुका बारे अनर्गल प्रचार र चर्चा चलाउने गरेका छन् त्याे गलत भएकाे प्रचण्डकाे भनाइ रहेकाे थियाे ।  पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ,’ प्रधानमन्त्री प्रचण्डकाे कथन थियाे ।  ‘ १८औं शताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोचि तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै अघि बढ्नु पर्छ भन्ने आफ्नो साेच रहेकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ रहेकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.