आरजु र सिटाैलालाइ पक्राउ गर्न गृहमन्त्रीकाे निर्देशन भन्ने समाचारकाे गृहले गर्याे खण्डन

रिपोर्ट नेपाल | 2023 Jun 26 | 05:30 pm 3077

काठमाडौं असार ११ । आज प्रकाशित आर्थिक राष्ट्रिय दैनिकको प्रथम पृष्ठमा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र कृष्ण प्रसाद सिटौलालाई पक्राउ गर्न गृह मन्त्रीको निर्देशन भन्ने समाचारको गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्भाले सँगै भ्रष्टाचार विरुद्ध शुन्य सहनसिलता अपनाउँदै सबै मुद्दामा स्वच्छ, निष्पक्ष र दवाव रहित ढंगले अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएको मन्त्रालयद्धारा आर्थिक राष्ट्रिय दैनिकका सम्पादकलाई खण्डनका लागि पत्राचार गरेको छ ।

सत्यमा आधारित नभइकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिग्भ्रमित पार्न उद्दत समुहलाई मात्र फाइदा पुग्ने विषयतर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु बाञ्छनीय हुने खण्डन पत्रमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.