एक्कासी किन पुग्याे अख्तियारको टोली पशुपतिनाथ ?

| 2023 Jun 25 | 02:47 pm 2969

काठमाडौँ, असार १० । केही दिन देखी नेपाली बजारमा व्यापक चर्चाको विषय बनेको पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आयोगको टोली पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी जाच्न र तौल गर्न आज पशुपतिनाथ मन्दिर पुगेको छ ।

जलहरी राख्दा अनियमिमता भएको चर्चा चलेपछि त्यसबारे अख्तियारले सुक्ष्म किसिमले छानबिन गरिरहेको छ ।
आज अख्तियारको टोली नापजाँच गर्ने भन्दै पशुपतिनाथमा पुगेको हो । अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पशुपति पुगेका हुन् । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे नरहेकोलगायत विषयमा परीक्षण गर्ने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.