‘टोल-टोलमा प्रहरी’ अभियान शुभारम्भ

| 2018 Aug 18 | 10:54 am 5230

काठमाडौं, भदौ २: टोलटोलमा प्रहरी अभियानको शनिबार एक कार्यक्रम गरी शुभारम्भ गरिएको छ।

महानगरी प्रहरी वृत सिंहदरबार, सामुदायिक सेवा केन्द्र पुरानो बसपार्क तथा घट्टेकुलोको आयोजनामा समुदाय र प्रहरीको सहमार्य र समन्वया अपराध र अपराधजन्य समस्याको पहिचान र समाधान गरी अपराधको दर घटार्इ समुदाय र प्रहरीबीचको दुरी कम गरी विश्वासको वातावरण अभिवृद्धि गर्ने उद्द‍ेश्यले टोलटोलमा प्रहरी कार्यक्रमको शुभारम्भ गरिएको जनाइएको छ।

टंक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमकवो शुभारम्भ प्रदेश सभासद दिपेन्द्र श्रेष्ठ र महानगरी प्रहरी परिषर काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) वसन्त लामाले संयुक्त रुपमा गरेका हुन्। कार्यक्रममा बोल्दै सभासद श्रेष्ठले भने, ‘नेपाल प्रहरीविना राज्यको परिकल्पना असम्भव । अपराध नियन्त्रण गर्न प्रहरीमात्र नभर्इ नागरिक समाज पनि लाग्‍नुपर्छ।’

त्यसैगरी एसएसपी लामाले समुदायमा उपलब्ध साधन स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्दै प्रहरी र समुदायबीचको समन्वय र सहकार्यका साथै प्रत्यक्ष जनताको घरदैलोमा पुगी प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान गर्न यस कार्यक्रमको शुभारम्भ गरिएको बताए।

उनले भने, ‘नेपाल प्रहरी प्रत्येक नागरिकको घरदैलोमा प्रत्यक्ष उपस्थित भर्इ सुरक्षा सरोकारको विषयमा जानकारी लिने र दिने साथै स्थानीय समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्नेछ।’ यसले प्रहरी र समुदायबीचको विश्वासको वातावरण मजबुत बनाउने छ।’ लामाले स्थानीय नागरिकको सहकार्यमा विभिन्‍न सचेतनामुलक कार्यक्रम गर्दै जाने समेत प्रतिबद्धता जनाए।

लामाले घटना घटिसकेपछि प्रहरी परिचालन हुनेभन्दा पनि घटना हुनुभन्दा अघि नै प्रहरी परिचालन हुनुपर्ने भएकोले टोलटोलमा प्रहरी अभियान आवश्यक रहेको औंल्याए। समुदायले प्रहरीको ढोका ढक्याउन आम समुदायलार्इ आग्रह समेत गरेका छन्। उनले भने, ‘प्रहरी वर्दीसहितको सुरक्षाकर्मी हो भने नागरिकबिना बर्दीको सुरक्षाकर्मी हो।’

कार्यक्रममा स्वागत मन्तव्य गर्दै प्रहरी नायब उपरीक्षक काजी कुमार आचार्यले स्थानीय समुदाय र साधन श्रोतको सुरक्षा सरोकारको विषयमा संलग्‍न गराउदा समग्र रुपमा अपराध रोकथाम, शान्ति सुरक्षा र अपराध अनुसन्धानलगयातका प्रहरी सेवा प्रवाहमा प्रभावकारीता आउने बताए।

समाजमा चौतर्फी विकाससँगै नयाँ-नयाँ अपराधिक घटनाहरु घट्ने हुँदा त्यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय नागरिकको समन्वयमा प्रहरीले आवश्यक कारबाही गरिरहेको छ।

सामुदायिक सेवा केन्द्र पुरानो बसपार्कका अध्यक्ष बिपेन्द्र खड्कीले समाजलार्इ सुरक्षित बनाउन नागरिक र प्रहरी मिलेर प्रभावकारी समन्वय र सहाकार्य नै आजको आवश्यकता भएको बताए।

कार्यक्रममा सैनिक श्रीमति संघकी पूर्व अध्यक्ष कमला गुरुङ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सम्पूर्ण वडाको प्रतिनिधित्व गर्दै वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकार, समाजसेवी, बुद्धिजीवि, पत्रकारलगायतको उपस्थिती रहेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.