लागुऔषध काराेवारी व्यूराेकाे फन्दामा

| 2023 Jun 23 | 04:34 pm 3121

काठमाडौँ, असार ८। लागुऔषध नियन्त्रण व्यूरोले करिव २ करोड ३३ लाख १५ हजार २ सय मुल्य बराबरको अवैध लागु औषध सहित लागु औषध कारोबार गरेको आशंकामा १२ जनालाई नियन्त्रणमा लिएको छ ।

आठ चरणको विशेष अपरेशन चलाएर एक दर्जन आरोपीलाई नियन्त्रणमा लिन सफल भएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । व्यूरोको अपरेशनमा भारतीय नागरीक हेमन्तकुमार शर्मा, राम भजन भन्ने सञ्जिवकुमार, जर्मन नागरिक पाउल रेष्ट, चितवन निवासी महेश चौधरी र काठमाडौँको चन्द्रागिरी निवासी सुगम मैनाली छन् । व्यूरोले चलाएको अपरेशनका क्रममा १० हजार १ सय ३० पिस एलएसडी सहित ५ जना पक्राउ परेका हुन् । प्रहरीले ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडी सहित नियन्त्रणमा लिएको थियो ।

मैनालीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ गरिएको ब्यूरोका उपरीक्षक जोशीले बताए ।

सेरना र गौतमको बयानका आधारमा व्यूरोले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई नियन्त्रणमा लिएको थियो । इटालिनय डेभिडको साथबाट प्रहरीले १० हजार १ सय ९८ थान एलएसडी स्टिकर, ३८ ग्राम एम्फेटामाइन र ६ ग्राम चरेश बरामद गरेको थियो ।

त्यसैगरी प्रहरीले हेमन्तकुमार शर्माको साथबाट १ सय ग्राम खैरो हेरोइन, जर्मन नागरीक पाउलको साथबाट ६ केजी ८ सय ६० ग्राम चरेश बरामद गरेको छ । उनी काठमाडौंबाट चरेश बोकेर इस्तानबुल हुँदै जर्मन जाँदै थिए । ललितपुरको युएन पार्कबाट पक्राउ गरिएका महेश चौधरीको साथबाट कोडिन १६ बोत्तल बरामद गरिएको छ ।

ब्यूरोले सञ्चालन गरेको अपरेशनमा ३ ग्राम ७ सय मिलिग्राम कोकिन र एलएसडी स्टिकरसहित काठमाडौंका मुखिया गुरुङ, मोरङका राज गौतम र चेक रिपब्लिकका नागरीक मार्टिना सेरना पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.