अदालतकाे आदेशलाई बालेन्द्रकाे चुनाैती

| 2023 Jun 22 | 03:11 pm 2225


काठमाडौँ, असार ७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उच्च अदालतले आदेश दिए पनि काठमाडौंमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भएका छन् । मेयर शाहले उच्च अदालतले हिन्दी फिल्म प्रदर्शनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरे लगत्तै आफ्नो फेसबुक वालमा उक्त कुरा जनाएका छन् ।

उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए । अन्तरिम आदेश पछि चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले सम्मानित अदालतले चलचित्र व्यवसायीलाई न्याय दिएको जानकारी दिए ।

चलचित्र संघले बुधबार मेयर शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो । फिल्म ‘आदिपुरुष’ लाई देखाएर सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउनु आपत्तिजनक भएको संघको भनाइ छ ।

उता काठमाडौँ महानगरपालिकाका मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया सामाजिक संजाल मार्फत दिएका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।

फेसबुक स्टाटसकाे बाँकी अंशः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.