सिंगापुरमा देउवा र भाजपा नेताकाे भेट भए हाेला त ?

| 2023 Jun 21 | 02:18 pm 2933

काठमाडौं, असार ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि भन्दै सिंगापुर जानु र भारतीय जनता पार्टी विदेश विभाग प्रमुख विजय चौथाइवाला, रअ प्रमुख सामन्थ गोयल र अभिजित हल्दर सिंगापुर अलग अलग मितिमा पुग्नु लाई नेपाली राजनीतिक बजारमा बाघ कराउनु बाख्रा हराउनु भन्ने उखान जस्तै त होइन भन्ने विश्लेषण गर्न थालिएको छ ।

केही दिन देखि सरकारको आयुका विषयमा प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा गोप्य बैठकहरु हुनु र त्यसपछि प्रधानमन्त्री प्रचण्डले चार दलीय समाजवादी मोर्चा गठन गर्नुलाई अर्थपूर्ण मानिएको छ । धर्मपत्नी आरजु राणा देउवा सहित सिंगापुर पुगेका देउवा र भारतीय नेता बीच भेटवार्ता बारे कुनै जानकारी प्राप्त नभए पनि यसलाई विश्लेषकहरुले माओवादीसँगको समिकरण बदल्ने विश्लेषण गरेका छन् ।

देउवा सिंगापुर जानु पूर्व छिट्टै माओवादी, कांग्रेस, नेकपा समाजवादीलाई बाहिर राखेर सरकार गठन गर्ने विषयमा पनि जोडघटाउ भइरहेको थियो । नेपाली कांग्रेसले मानेसम्म उसलाई पनि सँगै लैजाने नभए माधव नेपालले नेतृत्व गरेको समाजवादीबाट केही सांसद चोरेर भएपनि सरकार बनाउन केपी ओली भित्रभित्र सक्रिय भएर लागिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने सम्भावना भए अहिले भएको समिकरण नतोडलान भन्न सकिन्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.