काठमाडौं, असार ३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले अनुहार उनै हुन्, लिभिङ टु गेदरमा बसिरहेका छन् अब किन चाहियो मोर्चा भनेको ४८ घण्टा वित्न नपाउँदै अन्ततः समाजवादी मोर्चा बन्ने पक्का भएको छ ।
यही मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा दिनको ३ बजे समाजवादी मोर्चाको घोषण कार्यक्रम हुने भएको छ । घोषणा कार्यक्रमलाई प्रधानमन्त्री पुष्प कमल दाहाल, पूर्व प्रधानमन्त्री बावुराम भट्टराई, माधवकुमार नेपाल, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेकपा माओवादी विप्लबका अध्यक्ष नेत्रविक्रम चन्दले सम्बोधन गर्ने जनाइएको छ ।