जिम्बाबे विरुद्ध नेपालले पहिले व्याटिङ गर्ने

| 2023 Jun 18 | 12:41 pm 1569

काठमाडौँ, असार ३ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले आयोजक जिम्बाबेको सामना गर्दैछ । विश्वकप छनोट खेल जिम्बाबेको हरारेमा हुँदैछ । आजको खेलमा जिम्बाबेले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालको समय अनुसार १२ः४५ मा खेल सुरु हुनेछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्नेछ । विश्वकप छनोटअघि नेपालले ४ वटा अभ्यास खेल खेलेको थियो । नेपालले अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो ।

Photo : Cricket association of Nepal CAN

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.