विद्यार्थीको मोवाइल

रिपोर्ट नेपाल | 2023 Jun 17 | 05:18 pm 2145

कविता – खगेश्वर काेइराला

आजभोलिका विद्यार्थी मोबाइल छ साथ
एक दिन खाली हुन्न हल्लाउँदै हात
गुरु कक्षाभित्र पस्नै लाग्दा हेरी
सुटुक्क पकेटमा राखी हाल्ने फेरी

बिदा हुन्छ कैले कल्पना हुन्छ जैले
घण्टी बज्नुभन्दा ढोकामा पहिले
एकछिन नछुट्ने मोबाइल छ साथ
परीक्षा रिजल्टमा ‘सि प्लस छैन हात ।

आमा बाबु भन्छन् छोरा स्कुल गा छ
मन चाहिँ छोराले मोबाइलमा ला छ
बिदा हुनासाथ चलाउँछ मोबाइल
थालिहाल्छ हेर्न फेसबुकको प्रोफाइल ।

 

यात्रा कविता सङग्रहबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.