गीत

रिपोर्ट नेपाल | 2023 Jun 14 | 12:33 pm 1501

गीत

नागबेली गोरेटो हुँदै डुल्छ चारैतिर मेरो नजर
टाढा टाढा जहाँ कतै छ मेरी मायालुको शहर

गुराँस फुल्ने नागीहरुमा हाम्रो माया फक्रे थियो
सैलुंग लेकको स्वच्छ हावामा माया हुर्केको थियो
ऐंसेलु फल्ने वनमा चरीहरुको चिरबिर याद आउंछ
मायालुलाई सम्झिंदा बरालिएको यो मन भुल्दछ

नागबेली गोरेटो ………………………………….

लेकबेंसीमा भावी जीवनका सपना कोरेका थियौं
बेंसीखेतमा बस्दै प्रीतिका माला संगै बुनेका थियौं
आकांक्षाहरुले आकाश छुने कोशिस गरेको सम्झन्छु
आकाशमा स्वच्छन्द उडने चरी झैं रमाएको सम्झन्छु

नागबेली गोरेटो ………………………………….

© कृष्ण बहादुर थापा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.