काठमाडौं, जेठ ३१ । गुल्मी जिल्लाका विभिन्न पालिकामा जन्म भई राष्ट्रसेवामा कार्यरत अधिकृतको छाता संगठन गुल्मेली अधिकृत समाजले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गर्ने भएको छ ।
समाजको हालै बसेको बैठकले आफ्नो वार्षिकोत्सवको अवसरमा असार ९ गते शनिवार विहान ११ बजे देखि रक्तदान कार्यक्रम राखेको हो । रक्तदानलाई व्यवस्थापन र संयोजन गर्नका लागि सामाजिक सेवा समन्वय उपसमितिका संयोजक योगराज कंडेललाई जिम्मेवारी दिइएको छ ।
अधिकृत समाजका अध्यक्ष एवं नेपाल सरकारका सचिव डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाको आर्थिक विकासको सम्भावनाका विविध पक्षमा अन्तरकृया आयोजना गर्ने समेत निर्णय गरेको छ ।