काठमाडौं, जेठ ३०। आफ्नै सहोदर दाजुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले सुरज शाक्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
काठमाडौंको ओमबहालस्थित माथेमाचोकमा साधारण विवादमा सुरजले आफ्नै ४५ वर्षिय दाजु सुर्य शाक्यलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन । खुकुरी प्रहार पछि भागेका सुरजलाई प्रहरीले आज विहान काठमाडौंको वडा नं. २५ को एक घरबाट पक्राउ गर्न सफल भएको हो ।
गए राती खुकुरी प्रहार गरी भागेका सुरजलाई प्रहरीवृत जनसेवामा राखिएको छ भने मृतक दाजुको सवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।