प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम संसदीय सुनुवाइ हुने

रिपोर्ट नेपाल | 2023 Jun 12 | 01:19 pm 1349

काठमाडौँ, जेठ २९ । विगत लामो समयदेखी कायम मुकायम प्रधानन्यायाधिशबाट चलाइएको सर्वोच्च अदालतको प्रधानन्यायाधिश का लागि सिफारिस गरिएका हरिकृष्ण कार्की विरुद्धको अन्तिम सुनुवाई आगामी असार १ गते हुने भएको छ ।

संवैधानिक परिषद्बाट सिफारिसमा परेका कार्की विरुद्ध २९ उजुरी परेका छन् । गत १६ जेठमा संसदीय समितिले उनी विरुद्ध उजुरी दिन १० दिनको समय दिएको थियो ।

आज बसेको संसदीय समितिको बैठकले उनको अन्तिम सुनुवाई असार १ गते हुने निर्णय गरेको थियो । अन्तिम सुनुवाई पछि उनी प्रधानन्यायाधिश बन्ने नबन्ने पक्का हुने जनाइएको छ । कार्की उमेर हदका कारण यही साउन २० गते अनिवार्य अवकाश हुने छन् । अब समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग र बिहीबार कार्कीलाई बोलाएर छलफल गर्ने भएको छ । उक्त कार्यतालिका सोमबारको बैठकमा प्रस्तुत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.