- गोपाल मरासिनी
काठमाडौं, भदौ १: सर्वत्र करको विरोध भैरहेको वेला चन्द्रागिरी नगरपालिकाले व्यक्तिगत घटना दर्ता निशुल्क गराएको छ । देशभर वाट व्यक्तिगत घटना दर्तामा अत्याधिक कर लगाई रहेको वेला नेकपाले नेतृत्व गरेको चन्द्रागिरी नगरपालिका वडा नं १५ ले भने व्यक्तिगत घटना दर्तालाई निशुल्क गराएको हो ।
वडा अध्यक्ष उत्तम वहादुर कार्कीले एउटा सार्वजनिक सुचना जारी गर्दै व्यक्तिगत घटना दर्ता गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिएका छन् ।

राउतले जारी गरेको सूचना अनुसार नागरिकता प्रमाणपत्र सिफारिस गरेको, जन्मदर्ता गरेको, बिबाह दर्ता गरेको, बसाइसराइ दर्ता गरेको, सम्बन्ध विच्छेद दर्ता गरेको, मृत्यु दर्ता गरेको, छात्रवृत्ति सिफारिस गरेको र स्वास्थ्यसम्बन्धी सिफारिस गरेको ३५ दिनसम्म पैसा नलाग्ने जनाइएको छ ।
राउताका अनुसार घटना भएको मितिले ३५ दिनभित्र ती सूचना दिएर दर्ता नगराए २५ रूपैयाँ जरिवाना लाग्ने उल्लेख गरिएको छ । अध्यक्ष राउतले मृतकसँगको नाता प्रमाणित गरेको भने ३१० रूपैयाँ लाग्ने उल्लेख गरेका छन । उनले व्यक्तिगत घटना दर्तामा अत्याधिक कर लगाउदा नागरिकहरु दर्ता गर्न वाटै वञ्चित हुने भन्दै करको दायरा घटाएको वताए ।
यस अघि पनि सार्वजनिक स्थलमा घरपालुवा ककुरालाई दिसा पिसाव गराए जरिवाना गर्नेै निर्णय गरेको उक्त वडा व्यक्तिगत घटना दर्ता निशुल्क गराउने पहिलो वडा हो ।