जबरजस्ती गर्ने प्याकुरेल प्रहरीकाे फन्दामा

रिपोर्ट नेपाल | 2023 Jun 11 | 12:29 pm 2665

काठमाडौं, जेठ २८ । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा नारायण प्याकुरेल पक्राउ परेका छन् । पक्राउ परेका प्याकुरेल उच्च अदालत वीरगन्जका अधिकृत हुन । किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.