एक्साभेटर दुर्घटनामा सहचालकको मृत्यु

रिपोर्ट नेपाल | 2023 Jun 11 | 11:41 am 1965

तनहुँ, जेठ २८ । आफैले चलाएको स्काभेटर दुर्घटना हुँदा तनहुँमा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन खाँडका अनुसार आबुखैरेनी गाउँपालिका वडा नं. ५ रसौली भन्ने स्थानमा आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनको लागी २२० के.भी. को हाइटेन्सनको टावर निर्माण गर्नको लागी जाने कच्ची सडक बनाउदै गरेको अवस्थामा ग ३ क ३९७४ नं. को स्काभेटर दुर्घटना हुँदा सहचालक खेमराज चलाउनेको घटनास्थलमै निधन भएको हो ।

स्काभेटर कच्ची सडकबाट अन्दाजी १५ सय मिटर तल खस्दा सल्यान स्थायी घर भएका सहचालक चलाउनेको निधन भएको हो । स्काभेटरका चालक चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हाल फरार भएको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.