सामाजिक संजालबाट सताएको आरोपमा थापा पक्राउ

रिपोर्ट नेपाल | 2023 Jun 09 | 04:52 pm 1921

काठमाडौं, जेठ २६ । नेपाल प्रहरी साइवर व्यूरोले स्याङ्जा पुतलीबजारबाट ४२ वर्षिय ज्ञानु थापालाई पक्राउ गरेको छ । थापाले एक महिलालाई फेसबुकबाट साथी बनाई प्रेमको नाटक गरेको जनाइएको छ ।

पीडित भनिएकी महिलाले ज्ञानु थापाको विवाह भइसकेको थापा पाएपछि फेसबुकमा ब्लक गरिदिएकी थिइन । फेसबुकबाट प्रेम गर्ने क्रममा तस्बीर साटासाट र विभिन्न भिडियो साटासाट गरिएको थियो । संवाद टुटेपछि ज्ञानु थापाले पीडित महिलाको तस्वीर भाउजुको म्यासेन्जरमा पठाई दुःख हैरानी दिई चरित्र हत्या गरेको भन्दै पीडितले साइवर व्यूरोमा उजुरी दिएकी थिइन ।

पीडितको उजुरीको आधारमा प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तरगतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिप्रका स्याङजाको सहयोगमा थापालाई पक्राउ गरिएको हो । थापालाई व्यूरोेले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.