उपकुलपति साहको दिल्लीमा निधन

रिपोर्ट नेपाल | 2023 Jun 08 | 12:54 pm 1537

काठमाडौँ , जेठ २५।  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको उपचारकाे क्रममा  निधन भएको परिवार स्राेतले जनाएकाे छ ।

लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान  निधन भएको हाे । लामाे समयदेखि काठमाडाैंमा उपचार गराई रहेका साहलाई चिकित्सकले नेपाल बाहिर लैजान सल्लाह दिएपछि एकसाता अघि दिल्ली लगिएकाे थियाे । डा. साहकाे निधनप्रति नेपाली कांग्रेसका पूर्व उपसभापति एवं संघिय सांसद विमलेन्द्र निधिले आफ्नो फेसवुक वालमा दुःख व्यक्त गर्दै मुलुकलाई अपुरणीय क्षती पुगेकाे जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.