प्रधानमन्त्रीले गरे केवलकारकाे उद्घाटन

रिपोर्ट नेपाल | 2023 Jun 08 | 12:36 pm 1409

बुटवल, जेठ २५ । गत १५ गते देखि व्यवसायिक संचालनमा आएको लुम्बिनी केबलकारको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।

२०७७ फागुन १ गते तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा ओलीले सिलन्यास गरेको उक्त केवलकार आज विधिवत उद्घाटन भएको हो । आइएमई समूहको लगानीमा बनेको केबलकार बिहीबार बुटवल पुगेर प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्। झण्डै साढे ३ अर्वको लगानीमा निर्माण भएको उक्त केवलकार बुटवल–३ बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकार प्रदेशकै पहिलो केबलकार हो ।

केवलकारको निर्माणले तल्लो र माथिल्लो स्टेशन वरिपरिका व्यवसायीलाई राम्रो मुनाफा आर्जन गर्ने माध्यम हुने विश्वास गरिएको छ भने आन्तरिक पर्यटनको वृद्धि हुनेमा दुईमत छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.