काठमाडौँ, जेठ २४ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ ।
सरकारकका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा शाहलाई भाग लिनका लागि बैठकले स्वीकृति प्रदान गरेको जानकारी दिइन् ।