काराेबार रकम बढे पनि नेप्से परिसूचक घट्यो

रिपोर्ट नेपाल | 2023 Jun 05 | 03:27 pm 1661

काठमाडौँ, जेठ २२ । आज नेप्से परिसूचक घटेर बन्द भएको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने हिजो भन्दा बढेको छ।

आइतबार १ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७७ स्टकको ३६ हजार ५६८ पटकको कारोबारमा १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज रिभर फल्स पावरको शेयर सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २६ रुपैयाँ ८० पैसा बढेर २९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन शिवम् सिमेन्ट्सको शेयरमूल्य सर्वाधिक ४.५० प्रतिशतले घटेर कारोबार भएको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सको करिब १० करोडको शेयर कारोबार भएको छ भने चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

कारोबारको दोश्रो दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २४६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.