नेपाल प्रहरीमा ४६ इन्सपेक्टरको काँधमा तारा थपीने

रिपोर्ट नेपाल | 2023 Jun 05 | 12:37 pm 46245

काठमाडौं, जेठ २२ । नेपाल प्रहरीको आज बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।

लामो समयको रस्साकस्सी पछि गरीएको सिफारीस विवाद रहित बन्न भने सकेन । कार्य सम्पादन र फिल्डमा खटेका कैयौं प्रहरी निरीक्षकको मूल्याङ्कन नभएको गुनासो सुनिएको छ । २०७० सालमा एकै समयमा नियुक्ती भएका ९८ जना निरीक्षकले मुटु पिरो बनाएर सहेर बस्न बाध्य पारिएको छ ।

बढुवामा विशेष गरी अख्तियार र प्रधान कार्यालयको पर्खाल भित्र अनुहार देखाउनेको हालिमुहाली देखिएको छ । भर्ना भएको मिति देखि राजधानी काम विशेष र तालिम बाहेक अन्य सेवा सुविधा नदेखेका सबल र सक्षम निरीक्षक नेतृत्वको दृष्टिमा पर्न सकेनन् ।

यस पटकको बढुवालाई हेर्दा संगठनका लागि इमान्दार भएर कार्य गर्ने निरीक्षकले नेतृत्वमा जुन जोगी आए पनि कानै चिरेको भन्ने कहानी सम्झीएका छन् ।

बढुवाकाे नामावली यसप्रकार छः

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.