काठमाडौं, जेठ २१ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर तथा मुख्य बलर सन्दीप लामिछानेलाई सोमबार दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।
नाबालिका बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंमा असार २९ गतेका लागि सरेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ तर यी बीचमा लामिछानेको मुद्दाको पेसी परेकोले क्यानले उनलाई टोलीसँगै पठाउन पाएको थिएन ।
तर अहिले पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिएकाे क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए ।