गीत

रिपोर्ट नेपाल | 2023 Jun 01 | 11:44 am 1829

समयको प्रवाहमा अनायासै बगि दिएँ
थाहै नपाइ अचानक म तिमीबाट एक्लिएँ

टाढा कतै पुगेर हराए पनि के भो र
तिम्रो सामिप्यता गुमे पनि के भो र
छुट्टिनु परे पनि अफसोस के को भो र
पराइ तिमि भए पछि रोएर के भो र
समयको प्रवाह।।।।।

अन्तै कतै पुगेर बिलाए पनि के भो र
तिम्रो याद सबै बिर्सिएर पनि के भो र
विरक्तिएर उदास भए पनि के भो र
बिरानो तिमि बने पछि रोएर के भो र
समयको प्रवाह।।।।।

  • कृष्ण बहादुर थापा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.